इन्धनको मूल्य वृद्धिविरुद्ध प्रदर्शन

असार ६, २०७९ मा प्रकाशित | 331 views

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ।

सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्‍य एवं जिल्ला इन्चार्ज ललित जंग बम नेतृत्वका कार्यकर्ताहरुले टेकुको सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

यसअघि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web