सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

असार ५, २०७९ मा प्रकाशित | 238 views

काठमाडौँ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध रहेकाे छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।

बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बुले बताउनुभयो ।

पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ । प्रतिकूल मौसमका कारण गएको जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो ।

मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बुले बताउनुभयो । निगमका अनुसार सुकेटारमा हप्ताको सोमवार, बुधवार र शुक्रवार तीन दिन काठमाण्डाै–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ । तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । लामो समयसम्म उडान अवरुद्ध हुँदा यात्रुमा मार परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web