जनकपुरधाम । उनी बोल्नै सक्दिनन् । केहि बोल्न खोजे पनि उनको आँखाबाट आँशु बग्न थाल्छ । पछिल्लो दुई सातादेखि अस्पतालको बेडमा रहेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका २ की राधिका कार्कीको अवस्था हो यो ।
उनी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना छिन् । उनको शरीरका विभिन्न भाग करेन्टले जलेको छ । ८ महिनाअघि विवाह गरेका श्रीमान्ले हात, गोडा, पेटसहितका ठाउँमा करेन्ट लगाएको उनले बताएकी छिन् ।
सिकिस्त भएकी उनलाई अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि मात्रै उनको होस खुलेको छ । थोरै कुरा गर्न सक्ने अवस्थामा आएकी छिन् उनी । यद्यपी कुरा गर्ने क्रममा उनी भक्कानिन्छिन् । र, उनको आँखाबाट आँशु बग्छ । त्यसपछि उनी अगाडि बोल्नै सक्दिनन् ।
अस्पतालमा दुई सातादेखि भर्ना रहेकी उनको हेरचा गर्ने परिवारजन या कुनै आफन्त छैनन् । अस्पतालका नर्स र प्रहरीले नै उनको हेरविचार गर्दै आएका छन् । खाना दिनेदेखि औषधि खुवाउनेसम्मको काम उनीहरुले नै गर्दै आएका छन् ।
22.12¡ÆC