माइक्रो बस पल्टिँदा १ जनाको मृत्यु, १० जना घाइते

जेष्ठ २४, २०७९ मा प्रकाशित | 440 views

सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । तर केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ज ०२७७ नम्बरको माइक्रो बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web