एउटा इन्जिन भएको हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य !

जेष्ठ १७, २०७९ मा प्रकाशित | 315 views

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गर्न लागेको पनि प्राधिकरणले जनाएको छ ।

तर हेलिकप्टर व्यवसायीहरूले भने नेपालमा हेलिकप्टर पाइलट उपलब्ध गराउन कठिन हुने भएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web