काठमाडौँ । प्रतिनिधि सभामा आउँदाे आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आउँदाे आर्थिक वर्षकाे बजेट टेबल गर्नुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र त्यस क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोक्नुभएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।
22.12¡ÆC