सरकारले खाडीका देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गर्‍यो

जेष्ठ १२, २०७९ मा प्रकाशित | 917 views

काठमाडौँ । सरकारले श्रम गन्तव्य देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरेको छ ।

बुधबार श्रम मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडीको देश साउदी, यूएईमा श्रम काउन्सेलर र बहराइन, कतारमा श्रम सहचारी नियुक्त गरेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत उपसचिव देवेन्द्र कार्कीलाई साउदी अरेबिया र वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेका दीन बन्धु सुवेदीलाई यूएईका लागि श्रम काउन्सेलर तोकिएको हो ।

यस्तै बहराइनका लागि श्रम मन्त्रालयका शाखा अधिकृत जमुना काफ्ले र कृष्ण पौडेललाई कतारका लागि श्रम सहचारीमा नियुक्त गरिएको छ ।

श्रम मन्त्रालयकै अर्का उपसचिव भोलानाथ गुरागाईँलाई भने सरकारले श्रम काउन्सेलरको र वैदेशिक रोजगार विभागका शाखा अधिकृत ताम्रराज काफ्लेलाई श्रम सहचारीको प्रतीक्षाको सूचीमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web