नवनिर्वाचित मेयर श्रेष्ठ आफै हटाउदै चुनावी प्रचार सामाग्री

जेष्ठ ११, २०७९ मा प्रकाशित | 716 views

बिदुर स्थानीय । तह निर्वाचनका लागि आफु लगायतका टिमलाई विजयी गराउनका लागि टाँस गरिएका प्रचार सामाग्रीहरू नुवाकोटको बिदुर नगरपालिकामा हटाईएको छ । बिदुर नगरपालिका नवनिर्वाचित मेयर राजन श्रेष्ठले आफ्नै नेतृत्वमा हटाउन सुरु गर्नुभएको छ । उहाँले बुधबार बिहान सदरमुकाम र आसपासका क्षेत्रहरूमा टाँस गरिएका प्रचारका सामाग्रीहरू व्यक्तिका घरहरूबाट हटाउनु भएको हो ।

नुवाकोटको बिदुर नगरपालिकाको, बिनपा ५ देबिघाट,माझिटार,इनारपाटी,बट्टार,बिदुर,त्रिशुली,कोलनी तुप्चे हुदै नगरपालिका भरीकै हटाइने मेयर श्रेष्ठले जानकारी दिनुभएको छ ।

निर्वाचन सम्पन्न भएर परिणाम समेत घोषणा भएका प्रचार सामाग्रीहरू नगरको सुन्दरता समेत बिग्रने भएकाले आफैबाट यसको सुरुवात गरेको निर्वाचित मेयर श्रेष्ठले बताउनुभएको छ । उहाँले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि हामी उम्मेदवारहरूका प्रचार सामाग्रीहरू टाँसिएका थिए, अव यी सामाग्रीहरू हटाउने जिम्मा हाम्रै भएकाले यसको थालनी गरिएको हो, अन्य दलका साथीहरूलाई पनि यो अभियान थाल्न अनुरोध गर्दछु ।”

श्रेष्ठ नेपाली काँग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीको गठबन्धनबाट सझा उमेद्वार बनेका थिए । उहाँले आफ्नो कार्यकालमा सफा र स्वच्छ नगर बनाउने अभियान थाल्ने पनि बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web