विदुरमा गठबन्धनको उम्मेदवार विजयी

जेष्ठ ६, २०७९ मा प्रकाशित | 489 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार प्रभा बोगटी बिजयी भएका छन् ।
स्थानीयतह निर्वाचन–२०७९ अन्तरगगत गत बैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार नगरप्रमुखमा श्रेष्ठले १५,८२६ मत ल्याउनुभयो । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२,१५४ मत ल्याउनुभयो ।
यस्तै, नगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित हुनुभयो । उहाँले १२,८६० मत ल्याउनुभयो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अम्बिका पौडेलले ११,९९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले जानकारी दिनुभयो ।
नगरप्रमुखमा बिजयी हुनुभएका श्रेष्ठ नुवाकोट उद्योग बाणिज्य संघको जिल्ला अध्यक्ष हुदै, उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यको अहिले दोश्रो कार्यकालको जिम्मेवारीमा रहदै गर्दा राजनीतिमा प्रवेश गर्नुभएको हो ।
यस्तै, उपप्रमुख बोगटी नेकपा माओवादीको तत्कालीन उपाध्यक्ष एवम् पूर्वमन्त्री स्वर्गीय पोष्टबहादुर बोगटीको छोरी हुनुुहन्छ ।
विदुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले तालमेल गरेर निर्वाचनमा साझा उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
१३ वटा वडा रहेको विदुरमा नेपाली काँग्रेस र नेकपा एमालेले पाच–पाच वटा वडामा, र नेकपा माओवादी केन्द्रले तीनवटा वडामा बिजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं. ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं. ५ लिलानाथ न्यौपाने, वडा नं. ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रविन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं .१० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा न. १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web