बेलकोटगढी–१२ का २०० भन्दा बढीले काँग्रेस छाडे, राम्रो उम्मेदवार छानेर मत दिने घोषणा

बैशाख १३, २०७९ मा प्रकाशित | 889 views

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नं. १२ का करीब २०० जना नेपाली काँग्रेसले पाटीबाट अलग भएको बताएका छन् । नेपाली काँग्रेसले अहिले वडाध्यक्षमा उठाएको उम्मेदवार विष्णुप्रसाद सिलवालसंग असन्तुष्ट हुदै काँग्रेसको क्रियाशिल सदस्यता लिएका झण्डै २०० जनाको हस्ताक्षर सहित आफूहरु पाटीबाट अलग भएको जानकारी जिल्ला कार्यासमितिलाई बुझाएका छन् । अन्य पाटीले प्रभावशाली र क्षमतावान उम्मेदवार उठाएको भएपनि काँग्रेसले भने कमजोर उम्मेदवार उठाएको भन्दै चुनाव जित्न सक्ने अवस्था नभएकाले आफूहरु पाटीबाट अलग हुन बाध्य भएको बद्रीप्रसाद त्रिपाठीले बताउनुभएको छ । पाटी त्याग गरेको जानकारी गराउन आएका क्रियाशिल सदस्यता तथा पाटीका समर्थकहरुलाई नआत्तिन तथा निराश नहुन जिल्ला उपसभापति राजु थापाले आग्रह गरेपनि उनीहरुले आफूहरु काँग्रेसबाट अलग भएकाले अब आफूखुसी राम्रो उम्मेदवारलाई मत दिने बताएका छन् ।
उनीहरुले बुझाएको हस्ताक्षर सहितको क्रियाशिल त्याग्नेहरुको विवरण यस प्रकार रहेको छ ।

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web