सूर्यगढी–५मा नेपाली काँग्रेसबाट वडध्यक्षमा अच्युत ढकाल बलियो उम्मेदवार

बैशाख ९, २०७९ मा प्रकाशित | 1146 views

गणेशस्थान । यही बैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचनमा सूर्यगढी गाँउपालिका वडा नं. ५ बाट वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता अच्युत ढकाल सबैभन्दा बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको छ ।

गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले जितेपनि ५ नं. वडा गुमाएको काँग्रेसले त्यसपछि पछिको पाच वर्षमा गरेको गतिविधि प्रति सन्तुष्ट नभइरहेको समयमा युवा नेता अच्युत ढकालले उम्मेदवार दिने घोषणा सगैँ आम मतदातामा उत्साह छाएको छ ।

निरन्तर समाजसेवामा लागिरहने अच्युत ढकाललाई यसअघि नै उम्मेदवारीको प्रस्ताव आएपनि अस्वीकार गरेर समाजसेवामा रमाउदै आउनुभएको समयमा अहिले पनि नेपाली काँग्रेसले जित्नको लागी सबैभन्दा बलियो उम्मेदवारको रुपमा कार्यकर्तातहबाट गरिएको आग्रह अनुसारनै अच्युत ढकालले वडाध्यक्षमा उठ्ने घोषणा गर्नुभएको हो ।

उहाँको घोषणा सगैँ सूर्यगढी गाँउपालिकाको वडा नं. ५ मा अब नेपाली काँग्रेसले युवा नेताको रुपमा अच्युत ढकालको नेतृत्वमा वडा पदाधिकारी नै जित्ने गरेर प्रचार अभियान समेत अघि बढाउन सुरु गरिसकेको छ ।

पाटीले आधिकारिक निर्णय गर्न बाँकी रहेको भएपनि अच्युत ढकाल सबैभन्दा बलियो उम्मेदवार, सक्षम व्यक्तित्व, सामाजिक अभियन्ता, सफल व्यवसायी समेत भएकाले उहाँको बिकल्प कोही भएसगैँ विपक्षीसंग जित्नको लागी उहाँकै एकमात्रै उम्मेदवारको रुपमा निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web