बाघखोर । आगामी बैशाख ३० गते हुने निर्वाचनको लागी देशभरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ ।
‘स्थानीयतह सदस्य निर्वाचन २०७९’ सम्पन्न गर्न निर्वाचन अधिकृतको कार्यालय बेलकोटगढी नगरपालिकको निर्वाचन अधिकृत टेकबहादुर कार्कीले कार्यालयको उद्घाटन एंव सञ्चालन सुरु गर्नुभएको हो ।
बेलकोटगढी नगरपालिकाको भवन परिसरमा पालिकाले नै उपलब्ध गराएको श्रोत र साधनको उपयोग गरेर कार्यालय स्थापना भएसगैँ अब सबै पक्षको सहयोगमा निश्पक्ष एंव स्वतन्त्र रुपमा निर्वाचन गराउनको लागी निर्वाचन अधिकृत टेकबहादुर कार्कीले सहयोगको आग्रह गर्नुभएको छ ।

कार्यालय स्थापनाको अवसरमा बेलकोटगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले आसन्न निर्वाचनलाई मतदातालाई स्वतन्त्र र भयमुक्त वातावरणमा मतदान गर्ने वातावरण सबै पक्षले बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।
जनताको अधिकार र लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन महत्वपूर्ण रहेको बताउदै बेलकोटगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले मतदातालाई भयरहित वातावरणमा निर्वाचनमा सहभागि गराएर स्थानीय शासन प्रणालीमा आमजनताको सहभागिता बढाउनु नै लोकतन्त्रको मर्म भएकाले त्यसमा सरोकार राख्ने सबै पक्षले सचेत र सजग भएर बैशाख ३० गते हुने निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ । उहाँको अनुसार मतदाताले जति भयरहित वातावरणमा निर्वाचनमा सहभागि हुने अवसर प्राप्त गर्छन त्यति नै असल समाजको निर्माणमा सफलता प्राप्त गर्न सकिने विश्वास लिइएको छ ।
निर्वाचनमा मतदातालाई दवावमा राख्ने, प्रभावित पार्ने र लोभलालच देखाउने काम भन्दा पनि जनताको सेवामा खटिने प्रतिनिधिलाई चयन गरेर आसल शासन्तको स्थापना र बेलकोटगढी नगरपालिकालाई समृद्धितर्फ लम्काउन लाग्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले बताउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसगैँ निर्वाचनको लागी आवश्यक तयारी अघि बढाइएको छ । चुनावलाई निश्पक्ष रुपमा गराउनको लागी निर्वाचन अधिकृतको कार्यालय बेलकोटगढीले आज ९ गते बिहान ११ बजे नगरपालिकाको केन्द्र बाघखोरमा सर्वदलीय एंव सर्वपक्षीय बैठक समेत आह्वान गरेको छ । सबैको सहयोग र सल्लाह अनुसार नै निर्वाचनलाई सम्पन्न गर्नतर्फ लाग्नुपर्ने भएकाले सोही अनुसार छलफलको लागी बैठक आह्वान गरिएको निर्वाचन अधिकृत टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
यही बैशाख ११ र १२ गतेको लागी तोकिएको आसन्न चुनावको उम्मेदवारी दर्ता हिजो स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको प्रक्रिया पूरा गरेर दर्ता गराउनुपर्ने प्रावधान रहेको छ ।
23.12¡ÆC