१३ जनामा कोरोना पुष्टि

चैत्र २३, २०७८ मा प्रकाशित | 290 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय सात जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका पाँच जना रहेका छन् ।

यस्तै थप ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा सात सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५६ हजार पाँच सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कुल जनसङ्ख्याको ७३ प्रतिशतले कम्तीमा पहिलो मात्रा र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web