बेलकोटगढीको उपप्रमुख कविता ढुङ्गाना प्रदेश समन्वय समितिको सदस्य नियुक्त

चैत्र २२, २०७८ मा प्रकाशित | 931 views

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको उपप्रमुख कविता ढुङ्गाना बागमति प्रदेसको ‘प्रदेश समन्वय समिति’को सदस्यमा नियुक्त हुनुभएको छ । 
बागमति प्रदेसका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमति प्रदेसमा ‘प्रादेसिक योजना तथा बजेट निर्माण गर्ने तथा प्रदेस र स्थानीयतहबीच समन्वय गर्ने’ ‘प्रदेश समन्वय समिति’को सदस्यमा बेलकोटगढी नगरपालिकाको उपप्रमुख कविता ढुङ्गानालाई नियुक्ती गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयक मुख्य सचिव स्किम श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा मुख्यमन्त्री कार्यालय अन्तरगत रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको कार्यक्रम दस्तावेजमा व्यवस्था भए अनुसार ‘प्रदेश समन्वय समिति’को विस्तार गर्ने क्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षमा बिजयी हुनुभएका कविता ढुङ्गानालाई सदस्यको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web