संघीय निजामती ऐन माग गर्दै नुवाकोटमा युनियनले ज्ञापनपत्र बुझायो

चैत्र १५, २०७८ मा प्रकाशित | 362 views

त्रिशूली । नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा सोमबार ज्ञापनपत्र बुझाएको छ ।
नुवाकोट सहित ७७ वटै जिल्ला, सातवटै प्रदेश र केन्द्रीय कार्यसमितिले संघीय निजामती ऐन तुरून्त जारी गर्न मागगर्दै विभिन्न शिर्षक समावेश गरिएको आठ पृष्ठ लामो ज्ञापनपत्र नेपाल सरकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको छ । सोही क्रममा केन्द्रीय कार्यसमितिले काठमाडौमा मुख्य सचिव मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो भने केन्द्रीय परिपत्र अनुसार नुवाकोटबाट पनि नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति नुवाकोटले सोमबार नेपाल सरकारलाई ज्ञापनपत्र पठाइएको छ ।
नुवाकोटमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय कार्यसमितिका सदस्य ज्ञानेन्द्रप्रसाद भट्ट, बागमति प्रदेश कार्यसमितिका उपाध्यक्ष नारायण श्रेष्ठ सहितको उपस्थितीमा जिल्ला कार्यसमितिका अध्यक्ष निलमकुमार भुसालको नेतृत्वमा रहेको नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निलमकुमार भुसालले नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल मार्फत नेपाल सरकारलाई बुझाइएको ज्ञापनपत्रमा कर्मचारी युनियनले विगतदेखि उठाउदै आएका मागहरु समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन अनुरोध गरिएको छ ।

No description available.
समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एक पटक पुनः स्वेच्छिक रूपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन, राजपत्र अनङ्कित कर्मचारीहरूले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा, समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन लगायत ऐन जारी गर्ने प्रक्रियामा ट्रेड युनियनहरू लगायत सरोकारवाला पक्षहरुसंग छलफल गरेर मात्रै ऐन ल्याउन माग गरिएको छ ।
ज्ञापनत्रमा श्रेणी समूहतर्फ दुई बुदा, श्रेणी÷तहतर्फ एक बुदा, भर्ना छनोट तथा पदस्थापनातर्फ दश बुदा, सरुवा सम्बन्धमा तीन बुदा, बढुवा सम्बन्धमा १७ बुदा, सेवा तथा सुविधातर्फ २३ बुदा, तालिम सम्बन्धमा चार बुदा, आचरण, दण्ड, सजाँय र पुरस्कारका सम्बन्धमा दुई बुदाँ, ट्रेड युनियनका सम्बन्धमा चारबुदा, कर्मचारी सुरक्षाका सम्बन्धमा चार बुदा, निजामति सेवाको सुधारका सम्बन्धमा १२ बुदा, अवकासको सम्बन्धमा दुई बुदा र सेवाको प्रभावकारिता सम्बन्धमा पाच बुदामा समावेश गरिएको ज्ञापनपत्र नेपाल सरकारलाई बुझाइएको हो ।

नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले निजामती कर्मचारी युनियनले राखेको माग सम्बन्धमा ज्ञापनपत्रमा सम्बोधन गरिए अनुसार नेपाल सरकारलाई छिट्टो माध्यमबाट पठाइएको जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै उहाँले निजामती कर्मचारी युनियनले राखेको माग कर्मचारीहरुको हक, हित र सेवा प्रवाहसंग समेत जोडिएकाले कर्मचारीको मनोबल उच्च बनाउनको लागी राखिएको उक्त माग जायज भएकाले नेपाल सरकारबाट सम्बोधन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

नुवाकोटबाट नेपाल सरकारलाई बुझाइएको ज्ञापनपत्रको ब्यहोरा यस अनुसार रहेको छ ।

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web