३८ जनामा कोरोना पुष्टि

चैत्र ९, २०७८ मा प्रकाशित | 529 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय ६९ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा दुई हजार चार सय ५३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९७ हजार तीन सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web