नेविसङ्घ र तरुण दलको तदर्थ समितिको अध्यक्षमा शेर्पा र गुरुङ नियुक्त

चैत्र ९, २०७८ मा प्रकाशित | 853 views

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेपाल तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्त गर्नुभएको छ ।

देउवाले नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान् गुरुङलाई नियुक्त गर्नुभएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तदर्थ समितिका अध्यक्षहरूले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावकाे अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र सङ्गठनकाे अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web