कुशेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ र बत्ति जडान

चैत्र ८, २०७८ मा प्रकाशित | 438 views

सिन्धुली । सिन्धुलीको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कुशेश्वर महादेव मन्दिर परिसर सफाइ गरिएको छ ।

देशका विभिन्न भागबाट धार्मिक यात्राका लागि पुगेको ब्रदर समूहले मन्दिर परिसर सरसफाइका साथै बिजुली बत्ति जडान गरेको हो । धार्मिक क्षेत्र सबैको साझा र महत्वपूर्ण स्थल भएको हुँदा सफाइ अभियान थालिएको अभियन्ता कोमल अग्रवालले जानकारी दिनुभयो ।

यसअगाडि पनि काभ्रेस्थित पलान्चोक भगवती मन्दिर सरसफाइपश्चात् दोस्रो कार्यक्रम सम्पन्न गरिएको समुहले जनाएको छ । प्रमुख पर्यटकीय र धार्मिक क्षेत्रमा सरसफाइ गरि अन्य व्यक्तिहरुलाई समेत सावर्जनिक स्थलको संरक्षणबारे चेतना फैलाउन समूहले यसरी अभियान थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web