नुवाकोटमा आगलागी हुदाँ तीन घर नष्ट , रु.५० लाखको क्षति

त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अजराङ्गमा शुक्रबार साँझ  आगलागी हुदाँ तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाको अनुसार आगलागीबाट तामाङ तीन दाजुभाईको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहना सहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।
स्थानीयबासी र ककनीबाट गएको नेपाल प्रहरीको सयुक्त टोलीले आगो नियन्त्रणमा लिएपनि घरमा भएका सम्पत्तिहरु सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बज्रगाईले जानकारी दिनुभयो । उहाँको अनुसार तीन घर सहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुदाँ रु.५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ । आगलागीको कारण एकिन नभएपनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत गढबढबाट हुनसक्ने प्रहरीको अनुमान छ ।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज (शनिबार) टेन्ट लगायतको राहत सामाग्रि उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद रिसालले जानकारी दिनुभयो । पीडित परिवारको लागी नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा मार्फत टेन्ट सहितको गैह्रखाद्य राहत सामाग्रि र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर पीडित परिवारलाई उपलब्ध गराउन लागिएको हो ।

No photo description available.

May be an image of outdoors

May be an image of fire and outdoors

May be an image of fire and outdoors

 

May be an image of outdoors

TOP