गर्मी बढ्दो, तत्काल पानी पर्ने सम्भावना कम

फाल्गुन २५, २०७८ मा प्रकाशित | 567 views

काठमाडौँ । दिनप्रतिदिन गर्मी बढ्दो छ । दुई, तीन दिन यता काठमाण्डौसहित देशभरको अधिकतम तापक्रम बढेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।

तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web