नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महत फागुन २४ गते नुवाकोट आउने

फाल्गुन २०, २०७८ मा प्रकाशित | 1612 views

रानीपौवा । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाशरण महत नुवाकोटको ककनीमा आउनुहुने भएको छ । यही फागुन २४ गते मनाउन लागिएको नारी दिवसको अवसरमा नेपाल महिला संघ नुवाकोट मार्फत आयोजित कार्यक्रममा सम्बोधन गर्न तथा प्रशिक्षणको लागी नेपाली काँग्रेसका प्रवक्ता नुवाकोटको ककनी स्थित रानीपौवा आउन लाग्नुभएको हो ।

नेपाल महिला संघ नुवाकोटका अध्यक्ष तथा बागमति प्रदेशका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको अनुसार नारी दिवसको दिन महिला शशक्तिकरण, क्षमता अभिबृद्धि तथा नारीहरु अवसरका सम्भावनाका सम्बन्धमा सम्बोधन गर्न तथा प्रशिक्षण दिनको प्रमुख अतिथीको रुपमा लागी नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाशरण महत नुवाकोटको रानीपौवामा आउन लाग्नुभएको हो ।

प्रदेश ३ को स्थायी राजधानी नुवाकोट हुनुपर्छ: कल्पना नेपाली (भिडियो) -  नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नेपाल महिला संघ नुवाकोटका अध्यक्ष तथा बागमति प्रदेशका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली ।

कार्यक्रममा सहभागि हुनको लागी नेपाल महिला संघ नुवाकोटले ककनी गाँउपालिका सहित जिल्लाभर रहेका महिलाहरुलाई आमन्त्राण गरेको छ भने उक्त कार्यक्रममा पाटीको जिल्ला कार्यसमिति सहित विभिन्न भातृ सस्ँथामा आबद्ध रहेका, पाटीको क्रियाशिल तथा शुभेच्छुक सबैलाई सहभागी हुन अनुरोध गरिएको नेपाल महिला संघ, नुवाकोटले जनाएको छ ।

नेपाल महिला संघले नुवाकोटमा केही दिन अघि कार्यसमितिलाई पूर्णता दिएको छ भने प्रत्येक पालिकाहुदै वडातहसम्म नै नयाँ नेतृत्व चयन गर्दै सशक्त रुपमा अघि बढिरहेका छ ।

लकडाउनकै समयमा क्वारेन्टाइनमा १६ सय बढी महिलामा हिंसा भयो : महिला संघ –  Dcnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web