१ सय ८० जनामा कोरोना पुष्टि

फाल्गुन १६, २०७८ मा प्रकाशित | 504 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार चार सय १३ जना पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३६ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

अहिले नेपालमा आठ हजार दुई सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web