काठमाडौँ । रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका हुन् ।
युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको दुईपक्षीय वार्ताकाे सुरुमै युक्रेनले युद्धविराम गरेर वार्ता अघि बढाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।
यसअघि वार्ता टोली पठाउँदै गर्दा पनि युक्रेनी राष्ट्रपतिको कार्यालयले तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताएको थियो । युक्रेनले युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्तीको माग राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरूले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनुभएको थियो ।
रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् । रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले पनि रुसी दुवै पक्षको हितमा भएको सम्झौतामा पुग्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
20.87¡ÆC