
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ ।
गएको असोज ११ गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङसहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो ।
सडक डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँचमार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।
दशैँका बेला पुल बन्द हुँदा यात्रुले सास्ती भोग्नुका साथै खाद्यान्नको मूल्य बढेको थियो । साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा यस क्षेत्रको व्यापार–व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो ।
23.71¡ÆC