नेप्से आज ४३ दशमलव १ अङ्कले घट्यो

फाल्गुन १६, २०७८ मा प्रकाशित | 424 views

काठमाडौँ । हप्ताको दोस्रो दिन आज साेमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बीमा, जलविद्युत्, व्यापार, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका ७८ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज तेह्रथुम पावर कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web