एमसीसी संसदबाट अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

फाल्गुन १५, २०७८ मा प्रकाशित | 625 views

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web