अभिनेता शाहले प्रहरीमा आत्मसमर्पण गर्ने

फाल्गुन १५, २०७८ मा प्रकाशित | 322 views

काठमाडौँ । कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।

नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु आफैँ उपस्थित हुने बताएका छन् ।

प्रहरीमा उजुरी परेपछि उनी सम्पर्क भन्दा बाहिर थिए प्रहरीले उनको खोजी गरिरहेको थियो । पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु-२’ अहिले प्रदर्शनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web