क्यानडा नेपालसँग ८ विकेटले पराजित

फाल्गुन ९, २०७८ मा प्रकाशित | 518 views

काठमाडौँ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । समूह बी मा क्यानडा बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

आयरल्याण्ड समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुवै सेमिफाइनल खेल मंगलबार हुनेछ । एकै समयमा हुने खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web