संसद अवरोध हटे एमसीसी पेस गर्न दिने समाजवादीको निर्णय

फाल्गुन ७, २०७८ मा प्रकाशित | 640 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न नदिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ । ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने ।

बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ । ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’ खतिवडाले भने । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web