सुनको भाउ एक हजारले बढ्यो

फाल्गुन ५, २०७८ मा प्रकाशित | 566 views

काठमाडौँ । सुनको भाउ फेरि बढेको छ । आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।

हिजो भने तोलामा सुन १६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web