पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन आदेश

फाल्गुन १, २०७८ मा प्रकाशित | 425 views

काठमाडौँ । उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

पशुपति क्षेत्रको धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा रद्द भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । होटल सञ्चालकले दायर गरेको रिटमा आज आइतवार सुनुवाइ गर्दै न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छलफलका लागि आउँदो ९ गते दुवै पक्षलाई बोलाएको छ ।

आदेशमा अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सम्झौताअनुसार होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web