एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

फाल्गुन १, २०७८ मा प्रकाशित | 793 views

काठमाडौँ । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

विरोधमा सहभागी नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । नेकपा एकीकृत समाजवादीले एमसीसी यथास्थितिमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web