माओवादी केन्द्रीय समिति बैठक स्थगित

माघ २७, २०७८ मा प्रकाशित | 462 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भोलि शुक्रवार र पर्सि शनिवारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । यसअघि आजका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण भोलि र पर्सिका लागि सारिएको भए पनि फेरि बैठक स्थगित गरिएको हो ।

बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web