नुवाकोट काँग्रेसले बैठक सञ्चालन र उपसमिति गठनको लागी कार्यविधि बनाउने

माघ २६, २०७८ मा प्रकाशित | 605 views

त्रिशूली । नेपाली काँग्रेस नुवाकोटको “बैठक सञ्चालन, जिल्ला स्थित पालिका–काठमाडौ सम्पर्क समिति” लगायतमा देखिएका अस्पष्टता हटाउन कार्यविधि तयार गरिने भएको छ । त्यसको लागी नेपाली काङ्ग्रेस नुवाकोटका सचिव तथा कार्यविधि मस्यौदा निर्माण उपसमितिका संयोजक श्रीराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कार्याविधि बनाउने निर्णय गरेको छ ।
पाटी कार्यालय विदुरमा आज बसेको कार्यविधि मस्यौदा निर्माण उपसमितिको बैठकले जिल्ला कार्यसम्पादन समिति तथा जिल्ला कार्यसमितिको बैठक सञ्चालनको लागी, नुवाकोट जिल्ला स्थित विभिन्न पालिका र काठमाडौँ जिल्ला सम्पर्क समिति गठन हुदै आएको तर अहिलेसम्म पाटीको बिधानमा उक्त विषयमा उल्लेख नभएकाले त्यसलाई सञ्चालनको लागी, जिल्ला पार्टी कार्यालयको सचिवालय सञ्चालनको लागी, जिल्ला कार्यसमितिबाट गठन भएका तथा भविष्यमा गठन हुने विभिन्न उप समितिहरुको कार्य सञ्चालन लगायतको लागी कार्याविधि बनाइने भएको छ ।
त्यसको लागी आज बसेको बैठकले आवश्यकता तथा पाटीको बिधान अनुरुप हुने गरेर छुट्टाछुट्टै कार्यविधि बनाई यसअघि जिल्ला पार्टीले आफूखुसी सञ्चालन तथा गठन गर्दै आएको व्यवस्थालाई बिधान तथा कार्यविधि अनुरुप बनाउनको लागी कार्यविधि तयार गर्ने निर्णय गरिएको कार्यविधि मस्यौदा निर्माण उपसमितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web