घाइते अवस्थामा भेटिएको गिद्धको उद्धारपछि उपचार सुरु

माघ २४, २०७८ मा प्रकाशित | 518 views

रुकुम । डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार गरेर उपचार गरिरहेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका १ मा घाइते अवस्थामा भेटिएकाे खैरो गिद्धलाई गएकाे शुक्रवार उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशङ्का गरिएको छ । गिद्ध झोक्रिएको अवस्थामा फेला परेको थियो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाइते गिद्धलाई वन कार्यालयको वन्यजन्तु उद्धार केन्द्रमा राखिने स्वस्थ भएपछि वाससस्थानमै छोडिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web