गोरखा । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन ९अनेरास्ववियु० र राष्ट्रिय युवा संघले राँके जुलुस निकालेका छन् । शुक्रबार साँझ गोरखा सदरमुकामको हरमटारी चोकमा सरकारविरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियु र युवा संघले प्रदर्शन गरेका हुन् ।
नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणामा आलटाल गरेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लगायत माग राख्दै प्रदर्शन गरेको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य प्रताप ढकालले बताए ।
20.12¡ÆC