सुनको भाउ ९ सय रुपैयाँले घट्यो

माघ १४, २०७८ मा प्रकाशित | 470 views

काठमाडौँ । सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ ।

हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति बुधवार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन हिजाे बिहीवार ९ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web