टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा

माघ ६, २०७८ मा प्रकाशित | 381 views

काठमाडौं । आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन् ।

नियमित सदस्य सोमपाल कामी यसपटक टिममा पर्न सकेनन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि अन्तिम टोलीमा अटाएनन् ।

जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गर्दा लोकेश र विवेकले पहिलो पटक टिममा स्थान बनाएका हुन् । विवेक गत वर्ष कतार टुरका लागि टी-२० टिममा परेपनि उक्त टुर रद्द भएको थियो ।

नेपाली टिम
सन्दीप लामिछाने
कुशल भुर्तेल
आशिफ शेख
दीपेन्द्र सिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल
कमल सिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web