इलामको अन्तु भ्याली टी कारखानामा आगलागी

2022-01-16 मा प्रकाशित | 293 views

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको ‘अन्तु भ्याली टी’ कारखानामा आगलागी भएको छ ।

आगोले कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएकाे छ।

सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दिउँसो तीन बजेदेखि सुरु भएको आगलागीको कारण खुलेको छैन । आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web