लागूऔषधसहित दुईजना पक्राउ

पुस २८, २०७८ मा प्रकाशित | 345 views

बाँके । नेपालगञ्जको जमुनाह नाकामा जाँच गर्ने क्रममा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-७ बुटवल बस्ने २२ वर्षीय सिद्धार्थ पाण्डे र दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोका मगर छन् ।

शंकास्पद अवस्थामा हिडिरहेको बेला दुईजनाको खानतलासी गर्ने क्रममा १६ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइररहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web