नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकको राजीनामा स्वीकृत

पुस २७, २०७८ मा प्रकाशित | 309 views

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएकाे राजीनामा स्वीकृत भएकाे छ ।

कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको थियाे । दाहालकाे राजीनामा स्वीकृत भएकाे मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो ।

कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ ।

अहिले नारायणहिटी सङ्ग्रहालयको विवाद बढ्दै गएको छ । बतास समूहले नारायणहिटी सङ्ग्रहालयमा मनमौजी संरचना निर्माण गरेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web