काठमाडौ । नेपाली काग्रेस नुवाकोटका सभापति रमेशकुमार महतको नेतृत्वमा विकास निर्माण र योजना तर्जुमाको लागी बागमित प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष आज ध्यानाकर्षण पत्र पेश गरिएको छ ।
काठमाडौमा भएको कार्यक्रममा काग्रेस नुवाकोटका सभापति रमेशकुमार महत सहित जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एव पाटीको उपसभापति सन्तमान तामाङ लगायत काग्रेसबाट बिजयी भएका जिल्लाको विभिन्न पालिकाको अध्यक्षहरुले बागमित प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष यसअघि बहुवर्षिय योजना अन्तरगत सञ्चालनमा रहेका योजना काटिएकाले त्यसको निरन्तरता तथा निर्माण सुरु भएर अलपत्र बनाइएको योजनालाई कार्यान्वनयमा ल्याउनको लागी आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रमा ककनी हुदै काठमाडौ जाने सडक, छहरेबाट काठमाडौ जाने सडक, ढिकुरेबाट खरानीटारहुदै समुन्द्रटारबाट सिन्धुपाल्चोक निस्कने सडक, ओखरपौवाबाट कोल्पुटार निस्कने सडक लगायतको अबस्था बजेटको अन्योलता र ठेकेदारले समयमै काम नगरको कारण अलपत्र रहेकाले सुचारु गर्नको लागी भनिएको छ ।
जवाफमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आवश्यकता र यसअघि कार्यान्वयनमा रहेका योजनाको लागी बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । त्यसको लागी ओखरपौवाबाट कोल्पुटार निस्कने सडकलाई थप बजेट निश्चित गर्ने प्रतिबद्धता जनाउदै अन्य स्थानको सडकलाई बजेट तर्जुमा गर्ने र ठेकेदारले काम नगरेको सडकको लागी सम्झौता तोड्ने देखि पुनः ठेक्का लगाउनेसम्मको काम गर्ने आश्वासन दिनुभएको छ ।
माग गरिएका तथा कार्यान्वयनको लागी पहल गर्न आग्रह गरिएका योजना निम्न अनुसार रहेको छ ।


24.34¡ÆC