त्रिशूली । नेपाली काँग्रेसको भातृ सस्ँथा ‘नेपाल महिला सघ’ले नुवाकोटको पालिकाहरुमा कार्यसमिति विस्तार गरेको छ । संघको नुवाकोट अध्यक्ष कल्पना नेपाली बागमति प्रदेसको स्वास्थ्य राज्यमन्त्री भएसगैँ उहाँकै सक्रियतामा महिला संघलाई चलाएमान बनाउदै सूर्यगढी र दुप्चेश्वर गाउँपालिकामा ‘नेपाल महिला सघ’को पालिका कार्यसमिति गठन गरिएको हो ।
जिल्ला अध्यक्ष तथा स्वास्थ्य राज्यमन्त्री कल्पाना नेपालीको प्रमुख आतिथ्यतामा गठन गरिएको ‘नेपाल महिला सघ’ सूर्यगढीको संयोजकमा इश्वरी गिरी चयन हुनुभएको छ । नेपाली काँग्रेसमा आबद्ध भएका महिलाहरुको भेलाले इश्वरी गिरीलाई सर्वसम्मत रुपमा ‘नेपाल महिला सघ’को सूर्यगढी संयोजक चयन गरिएको हो ।
यसैगरी, भेलाले उपसंयोजकमा मञ्जु घिमिरे र सचिवमा सन्तोषी भट्टराईलाई चयन गरेको छ । सदस्यहरुमा निशा डंगोल, लक्ष्मी सुनार, धनमाया तामाङ, सन्तकुमारी तामाङ, माइली तामाङ लगायतको रहेका छन् ।
समिति गठनको लागी भएको भेलामा स्वास्थ्यराज्यमन्त्री कल्पना नेपाली सहित नेपाली काँग्रेस नुवाकोटको कार्यसमिति सदस्य सरिता पण्डित, हिरा तिवारी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, दुप्चेश्वर गाँउपालिकामा ‘नेपाल महिला सघ’को नयाँ कार्यसमिति गठन भएको छ । नेपाली काँग्रेसमा आबद्ध रहेका पालिकामा रहेका महिलाहरुको भेला मार्फत नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएका सरिता पण्डितको संयोजकत्वमा संघको नयाँ कार्यसमिति गठन गरिएको हो ।
भेलाले काँग्रेसको युवा नेता समेत रहेको सरिता पण्डितको संयोजक रहने गरेर सदस्यहरुमा रमा थापा, लक्ष्मी थापा, सरिता तामाङ, सिता विश्वकर्मा, कुमारी विश्वकर्मा, शेरमेन्दो तामाङ, सविना तामाङ, मरमार्नी तामाङ, फूलसार्नी तामाङ लगायतलाई चयन गरेको छ ।
केही दिन अघि ‘नेपाल महिला सघ’को जिल्ला कार्यसमितिको बैठकले जिल्लामा रिक्त रहेका पदमा मनोनित गरेसगैँ जिल्लादेखि वडातहसम्म ‘नेपाल महिला सघ’लाई सक्रिय बनाउन लागिएकाले अब पालिकाहुदै वडातहसम्म नै भेला मार्फत नयाँ कार्यसमिति गठन गर्ने र महिलाहरुको समस्यालाई साझा रुपमा उठाई अधिकार स्थापना, समानता, प्रतिस्पर्धाको धायरामा समावेश गर्नको लागी क्रियाशिल हुने जिल्ला अध्यक्ष एंव स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले बताउनुभएको छ ।
27.28¡ÆC