काठमाडौँ । अस्ट्रेलियाकाे बिग बाश लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स पराजित भएको छ ।
आज बुधवार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्ससँग सात विकेटले हार बेहाेरेकाे हाे । होबार्टले दिएको एक सय २७ रनको लक्ष्य एडिलेडले १५ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । एडिलेडका लागि म्याथ्यु शर्टले नटआउट ७७ रन बनाए । होबार्टका लागि सन्दीपले चार ओभर बलिङ गरी २२ रन खर्चिएर दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको होबार्टले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय २६ रन जोडेको थियो । हाेबार्टका लागि डार्सी शर्टले ३२ र टिम डेभिडले २८ रन बनाए । एडिलेडका पिटर सिडेलले पाँच र राशिद खानले दुई विकेट लिए ।
आजको खेलमा पराजित होबार्टको नाै खेलमा १७ अङ्कसहित तालिकाकाे चौथो स्थानमा छ । एडिलेड १२ अङ्कका साथ छैटौँ स्थानमा छ ।
24.12¡ÆC