एजेन्सी,असार ११ । फ्रान्समा जारी युरो २०१६ अन्तर्गत नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। कुल २४ टोलीले भाग लिएको प्रतियोगितामा समूह चरण पार गर्दै १६ टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्।

आज खेलप्रमीहरुको ध्यान मध्यराति १२स्४५ बजे हुने क्रोएसिया र पोर्चुगलबीचको खेलमा तानिनेछ । समुह चरणका कठिन यात्र झेल्दै आएको पोर्चुगलको लागि क्रोएशिया चुनौती हुनेछ । समान स्तरका दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

समूह एफको उपबिजेता बनेको भए पोर्चुगलले नकआउटको पहिलो खेलमा इंग्ल्याण्डको सामना गर्ने थियो । तर, अष्ट्रिया आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित भएपछि पोर्चुगल समूहमा तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो । समूहको अन्तिम खेलमा पोर्चुगलले सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रेरणामा हंगेरीसँग ३र३ गोलको बराबरी खेलेको थियो । अघिल्ला दुई खेलमा गोल गर्न नसकेको भन्दै आलोचित बनेका रोनाल्डो फर्ममा फर्कनु पोर्चुगलका लागि फाइदाजनक बनेको छ।

अहिलेसम्मको हरेक सहभागितामा क्वाटरफाइनसम्म पुगेको पोर्चुगल सन् २००४ मा घरेलु मैदानमा उपविजेता बनेको थियो। रोनाल्डो फर्ममा आउनु र साबिक विजेता स्पेन, जर्मनी, फ्रान्स, इंगल्याण्ड, इटली भन्दा फरक पटमा पर्नुले पनि पोर्चुगललाई अझै अगाडिसम्म पुग्न मद्दत मिल्नेछ। फ्रान्चका मिचेल प्लाटिनीको ९ गोलको रेकर्ड बराबरी गर्न रोनालडोलाई एक गोलको आवश्यकता छ। यस्तै क्रोएसियाविरुद्ध मैदान उत्रे नानीले पोर्चुगलका लागि १०० क्याच जित्नेछन्।

खेल हुने स्थान : स्टेड बोलार्ट, डेलेसिस

खेल हुने समय : मध्यरात १२:४५ बजे

हेर्नलायक खेलाडी : लुका मोडरिच- क्रोएसिया, क्रिस्टियानो रोनाल्डो- पोर्चुगल

हेड टु हेड : पोर्चुगल ३, क्रोएसिया ०

रेफ्री : कार्लोस भेलास्को कार्बालो, स्पेन

फिफा वरियता : क्रोएसिया २७, पोर्चुगल ८

युरो सहभागिता : क्रोएसिया ५, पोर्चुगल ७

20.12¡ÆC