नुवाकोट । बागमति प्रदेशको स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नुवाकोटको त्रिशूली अस्पताल सहित प्रदेश भित्र रहेका अस्पताल लगायतका स्वास्थ्य सँस्थाको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । त्रिशूली अस्पताल र स्वास्थ्य कार्यालय नुवाकोटले दिदै आएको सेवा प्रवाह सम्बन्धि हिजो स्थलगत जानकारी लिदै स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले अस्पताल सहित जिल्लाको स्वास्थ्य अबस्थाको सुधारको लागी यहाँको सरोकारवालाहरुको माग र चाहना अनुसार आफ्नो क्षमताले भ्याएसम्मको सहयोग उपलब्ध गराउन बताउनुभएको छ ।
त्रिशूली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल सुधारको लागी चिकित्सक र अस्पताल व्यवस्थापन समिति सहित जिल्लाको सरोकार राख्ने व्यक्तिहरुको भूमिका नै प्रभावकारी हुने भएकाले नीति तथा योजना र बजेट सुनिश्चित गराउन प्रदेशदेखि केन्द्रसम्म नै पहल गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले जनाउनुभएको छ ।
स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले त्रिशूली अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई हटाउन खोजिएको भनेर आफ्नो नाम जोडेर आएका समाचार गलत रहेको भन्दै त्यसको खण्डन गर्नुभएको छ ।
उहाँले अस्पतालका अध्यक्षलाई अस्पतालसंग सम्बन्धित अहिलेको अबस्था र भावि कार्ययोजना पठाउन भनेर मन्त्रालयले जानकारी माग गरेको सम्बन्धमा स्वास्थ्य राज्यमन्त्रीबाट पूर्वाग्रही राखिएको भनेर आएका समाचारहरु हुदै नभएको भन्दै अस्पतालको अध्यक्षले राम्रो काम गरेसम्म हटाउन आवश्यक नरहेको स्पष्ट पार्नुभएको छ । राम्रो काम गर्नेलाई सधै प्रोत्साहन हुने र नराम्रो गरिएमा आफूले भन्दापनि त्यसको मूल्याङ्कन नुवाकोटका सरोकारवालाहरुबाट गर्ने भएकाले अध्यक्ष हटाउने तथा परिवर्तन गर्ने फोहोरीमा खेलको अभियानमा आफू नभएको र नरहने स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले स्पष्ट पार्नुभएको छ ।

नुवाकोटको त्रिशूली अस्पतालले सेवा प्रवाहमा सुधार गरेर देशकै अब्बल अस्पताल ठहर भएकाले सोही अनुसारको सेवा प्रवाह कायमै राख्न स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको छ ।
केही समयअघिसम्म त्रिशूली अस्पतालको सेवा गुणस्तरीय नहुदाँ बिरामीले दुःख पाउने तथा ज्यान नै जाने सम्मको अबस्था रहेको भन्दै अहिले त्यसमा सुधार हुदैँ देशकै राम्रो अस्पतालको रुपमा बनाएको छवी कायम राख्न उहाँले निर्देशन दिनुभएको छ । त्रिशूली अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापन अपेक्षा अनुसार भएजस्तै बिरामीको उपचार सेवा पनि सन्तुष्टि हुने गरेर उत्कृष्ट अस्पतालको रुपमा बनाएको प्रतिष्ठा बचाईराख्न स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले त्रिशूली अस्पताललाई सजग गराउनुभएको छ ।
बागमति प्रदेशको स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीसंग नुवाकोटको त्रिशूली अस्पताल र स्वास्थ्य कार्यालयको सेवा प्रवाह सम्बन्धमा जानकारी लिनको लागी जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ सहितको सरोकारवालाहरुको टोली संलग्न रहेको थियो ।
उहाँहरुलाई अस्पतालका अध्यक्ष अजुर्ननप्रसाद न्यौपाने र अस्पतालका प्रमुख डा.दिपेन्द्र पाण्डे, तथा स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले कार्यालयको जिम्मेवारी भित्र रहेका कामकारबाही एव कोरोना रोग रोक्नको लागी भइरहेको अबस्था तथा आगामी दिनको लागी बनाइएको भावि रणनीति सम्बन्धि जानकारी गराएका थिए ।

सोही अबसरमा त्रिशूली अस्पतालमा कार्यरत ६६ जना स्वास्थ्यकर्मी-कर्मचारीले करारमा कार्यरत रहदाँ पुसमसान्तसम्म मात्रै सम्झौता भएकाले म्याद थप गर्न र पछिल्लो चार महिनादेखि तलब नपाएकाले त्यसलाई यथाशक्य उपलब्ध गराउनको लागी पहल गरिदिन ज्ञापनपत्र बुझाएका थिए ।

15.19¡ÆC