कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

पुस १८, २०७८ मा प्रकाशित | 671 views

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बाेलाएकाे छ । कांग्रेसले भाेलि साेमवार दिउँसाे २ बजेका लागि केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे हाे ।

बैठक पार्टीकाे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुराेध गरिएकाे छ ।

गएकाे मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web