डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का

पुस १८, २०७८ मा प्रकाशित | 542 views

काठमाडौँ । अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ।

डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण  हजारौँ नागरिक विस्थापित भएका छन्।

दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौँ दमकल र हेलिकप्टरकाे प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ ।

डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web