नेपालको अबको राजनीतिक गन्तव्य ‘वैज्ञानिक समाजवादी’ !

पुस १०, २०७८ मा प्रकाशित | 877 views

विदुर । नुवाकोटको विदुरमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले नेपालको विकासको लागी अबको राजनीतिक गन्तव्य वैज्ञानिक समाजवादी हुनुपर्नेमा जोड दिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पाटीको शुभेच्छुक सँस्था राष्ट्रिय बुद्धिजीवी संगठन नुवाकोटले आज विदुरमा आयोजना गरेको ‘संसदीय पूँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ विचार गोष्ठिमा सहभागी भएका बामपन्थी विचारधारामा सहमति जनाउने वक्ताहरुले विकासको गतिमा नेपाल निकै पछि परेकाले एकमात्र विकल्पा वैज्ञानिक समाजवादी नै भएकोमा अडान राखेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय  बुद्धिजिबि संगठन नेपालका फ्याक्सन इन्चार्ज क.अनिल शर्मा ‘बिरही’ ले, प्रस्तुत गरेको ‘संसदीय पूँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ शीर्षकको कार्यपत्र माथी टिप्पणी गर्दै नेकपा एमालेका नेता तथा योजना आयोग बागमति प्रदेशका सदस्य रामशरण प्याकुरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रसुवाका इञ्चार्ज इन्द्र गौतम (जगतजङ्ग),अर्थविद दीपक शर्मा, प्रध्यापक भरत सिग्देल लगायतका वक्ताहरुले संसदीय व्यवस्था अधिकांश देशमा असफल भैसकेको तथा सुधारका संरचना आइसकेकाले अब नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था निर्बिकल्प रहेको बताएका छन् ।

No description available.
नेकपाका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय  बुद्धिजिबि संगठन नेपालका फ्याक्सन इन्चार्ज क.अनिल शर्मा ‘बिरही’ले पेश गरेको कार्यपत्रमा बैज्ञानिक समाजवादी व्यवस्था भएका देशमा विकासले निकै धेरै परिवर्तन गरिएको तथ्य सहितको पेश गरिएको कार्यपत्र प्रति सहमति जनाउदै बामपन्थी विचारधाराको रुपमा देखिएका वक्ताहरुले अबको गन्तव्य जनताको प्रत्यक्ष सहभागितामा राजनीतिक परिवर्तन सहितको व्यवस्था परिवर्तनको आवश्यकता रहेको बताएका छन् । यद्यपी, त्यसको लागी भने अहिलेका राजनीतिक दलहरुबाट हुनुपर्नेमा त्यो भने हुनसक्ने अबस्था नभएको भन्दै निराशा व्यक्त गरिएको छ ।No description available.
विचार गोष्ठीमा सहभागी वक्ता मध्येका प्रजातान्त्रिक विचारधारका व्यक्तित्व बरिष्ठ चिकित्सक डा.केदारनरसिंह केसीले भने वैज्ञानिक समाजवादको नाममा साम्यवादको स्वरुपको व्यवस्था कल्पना गर्न नसकिने भन्दै काँग्रेसले अगाल्दै आएको प्रजातान्त्रिक समाजवादी व्यवस्था नै उपयुक्त रहेको जिकिर गर्नुभएको छ ।
पाटी सञ्चालन नेतृत्व भन्दा पनि नीतिबाट चल्नुपर्ने भन्दै काँग्रेसले स्थापनाको समयमा अगालेको समाजबादी व्यवस्था तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा अहिले पनि जिवन्त रहेको भन्दै सुधारिएको संसदीय व्यवस्था नेपालको सुहाउदो हावापानी भएकोमा जोड दिनुभएको छ ।
नेकपाको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाहरुबाट बौद्धिक व्यक्तिहरुको सुझाब संकलनको क्रममा नुवाकोटसंग सम्बद्ध व्यक्तिहरुले राखेको सुझाबलाई पाटीले आगामी रणनीति तथा एजेण्डा बनाएर अघि बढ्ने कार्यपत्रका प्रस्तुतकर्ता एंव नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले जानकारी दिनुभएको छ ।
प्रतिबन्धनात्मक अबस्थाबाट खुला राजनीतिमा रहेको नेकपाले अहिले आम सरोकारवाला पक्षसंगको सुझाबको आधारमा पाटीको भावि कार्यदिशा तय गर्ने तथा मुलकमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागी आम नागरिकतहसम्म यससम्बन्धीको विचार प्रवाह गर्न अभियानको रुपमा लागिरहेको राष्ट्रिय बुद्धिजीवी संगठन नुवाकोटका अध्यक्ष शुभलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा नुवाकोट–रसुवा जिल्ला इन्चार्ज बिन्दु ,नुवाकोट जिल्ला सेक्रेटरी श्रृजन, रसुवा जिल्ला सेक्रेटरी हरी सहित नुवाकोटको राजनीति र अर्थसंग सरोकार राख्ने एकसय भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web