एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि

पुस ८, २०७८ मा प्रकाशित | 460 views

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि बङ्गलादेशमा हुँदैछ ।

बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालकाे महिला र पुरुष टोलीले खेल्ने छन् ।

नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलङ्कासँग खेल्नेछ । खेल बिहान सवा ११ बजे हुनेछ ।

यस्तै पुरुष टोलीले बेलुका पौने ५ बजे आयोजक बङ्गलादेशसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web